काठमाण्डु – भारतको तल्लो सदन लोकसभाको १८ औँ निर्वाचनमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) ले सरकार बनाउने निश्चित भएको छ । एनडीएले बुधबारमात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका मोदीकै नेतृत्वमा सरकार बनाउन लागेको हो । ५४३ सिट रहेको लोकसभामा बहुमतका लागि २७२ सीट आवश्यक पर्छ । सत्तारुढ भाजपाबाट…