भारतीय विदेशमन्त्री पर्सि काठमाण्डु आउँदै, ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर हुने

काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर २ दिने नेपाल भ्रमणका लागि पर्सि बिहीबार काठमाण्डु आउँदैछन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपाल आउन लागेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाण्डुमा बस्दैछ । नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ…