काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतमा निर्वाचन सम्पन्न भएर सत्तारुढ भाजपा नेतृत्वको एनडीए गठबन्धनको सरकार बन्ने लगभग निश्चित भइसकेको बेला दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको हो । एनडीएको सरकारको नेतृत्व प्रधानमन्त्री मोदीले नै गर्ने भएका छन् । उनले शनिवार सपथ ग्रहण गर्ने तय समेत…