चिनियाँ उपविदेशमन्त्री वेइडोङ र सीपीपीसीसी उपाध्यक्ष बातेर नेपाल आउँदै

काठमाण्डु – चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा आउने भएका छन् । जुन अन्तिम साता काठमाडौंमा बस्‍न लागेको नेपाल-चीनबीच १६ औं चरणको कूटनीतिक परामर्श संयन्त्र बैठकमा सहभागी हुन चिनियाँ उपविदेशमन्त्री वेइडोङ नेपाल आउन लागेका हुन् । बैठक जुन २५ मा काठमाडौंमा हुदैछ । संयन्त्रको १५ औं बैठक चीनमा बसेको थियो । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार…