काठमाण्डु - अन्तर्राष्ट्रिय क्षेत्रमा कूटनीतिक प्रभावका हिसाबले त्यति गणना नहुने सानो मुलुक भए पनि नेपालमा राजदूत नियुक्तिको विषय सधैँ चर्चाको विषय बन्दै आएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश, परराष्ट्रमन्त्री भइसकेकादेखि नेपालमा उच्च पद सम्हालेका व्यक्तिहरु नै राजदूत भएर जान पछि नपर्ने भएकाले यस पदको चर्चा आवश्यकताभन्दा बढी हुने गरेको छ । अन्यत्र विरलै मिडियाका शीर्षक बन्ने…