काठमाण्डु - भारतका विदेश सचिव विनयमोहन क्वात्रा २ दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए तर उनको भ्रमणले केही प्रश्न जन्माएको छ । सचिव क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकका लागि काठमाडौं आएका भनिए पनि उनको अस्वाभाविक सक्रियताले शंका पैदा गरेको छ । सचिवस्तरीय बैठकमा आउँदा राजनीतिक दलका नेताहरूलाई भेट्नुपर्ने प्रयोजन के हो ? खुलेको छैन ।…