काठमाण्डु - सत्तागठबन्धनमा खटपट आएसंगै भारतीय राजदूतले सक्रियता बढाएका छन् । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले नछोड्ने निर्णय गरेसंगै सत्तागठबन्धन भत्कने चर्चा सुरु भएपछि भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको हो । श्रीवास्तवले शुक्रवार सांझ प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा श्रीवास्तव राति ७ :१५ बजे पुगेका थिए । उनले प्रधानमन्त्री दाहालसंग…