राष्ट्रपतिसमक्ष ३ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३ देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच श्रीलंका, पानामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो भने नवनियुक्त राजदूतलाई काठमाण्डुस्थित होटल रेडिसनदेखि शीतलनिवाससम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो…