काठमाण्डु - नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल आएका थिए । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा…