नवनियुक्त पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु -  राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच देशका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्। जापानका लागि डा. दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलन राज तुलाधार र डेनमार्कका…