काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् गत चैत १७ गते शुक्रवार विस्तार हुनुअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश (एनपी) साउँद सामाजिक सञ्जाल फेसबुकमा बधाई खाइरहेका थिए । पार्टीले उनलाई शहरी विकास मन्त्री बनाउन सिफारिस गरेको भनेर सञ्चारमाध्यमदेखि फेसबुकसम्म प्रचार भयो तर अन्तिम निर्णय हुँदा उनको नाम काटियो । सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिए…