काठमाण्डु – दुई दिने भारत भ्रमणमा दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट सुरु गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका प्रचण्डलाई राजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका हुन् । प्रचण्डसँगको भेटको तस्बिर चौथाइवालेले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । दुई जनाबीचको…