काठमाण्डु - परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा श्रीलंकाका प्रधानमन्त्री गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो…