काठमाण्डु – नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा हस्ताक्षर गरेका हुन् । विज्ञप्तिमा नेपालको तर्फबाट राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र…