काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच द्विपक्षीय भेटवार्ता भएको छ । सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि शनिबार अपराह्न चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थ्येनचिन अतिथि गृहमा भेटवार्ता गरेका हुन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो…