भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न यूएईस्थित नेपाली दूतावासको आग्रह

काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न आग्रह गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा सूचनामार्फत सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै माध्यमबाट हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे…