रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले रास्वपा नेतृत्वको सरकार बनेपनि नेपालको विदेश नीतिमा ठुलो परिवर्तन नहुने स्पष्ट पारेका छन् । उनले नेपालको परराष्ट्र नीति संविधान निर्दिष्ट गरेको असंलग्नताको सिद्धान्तमै आधारित हुने बताउँदै विदेशी नीतिमा ठुलो रुपान्तरणकारी किसिमको नीतिगत फेरबदल नहुने जनाएका छन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रमुख खनालले…