कम्बोडियाले गर्‍यो ६०२ जना नेपालीको जरिबाना शुल्क मिनाहा, तत्काल नेपाल फर्किन अनुरोध

काठमाण्डु– कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिबाना मिनाहा गरेको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जनाको जरिबाना शुल्क मिनाहा गरेको हो। नेपाली नागरिकहरू नेपाल फर्कदाँ कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गराउने उद्देश्यले यस राजदूतावासले १ मे २०२६ देखि विवरण संकलन कार्य सञ्चालन गरेको…