प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबूकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिएको हो । आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको अमेरिकाले जनाएको छ ।