उपप्रधानमन्त्री पोखरेल-बेलायती राजदूत भेटः खोप अभियानमा सहयोग गर्ने बेलायतको प्रस्ताव

काठमाण्डु - नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेल र राजदूत पोलिटबीच नेपाल र संयुक्त अधिराज्यबीच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल भएको उनको सचिवालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीदेखिको महत्वपूर्ण र निरन्तर सम्बन्ध…