काठमाण्डु - नेपालस्थित पाकिस्तानी दूतावासले काठमाण्डुको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले विद्यालयमा नवस्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्नुका साथै पाकिस्तानका जनताबाट प्रदान गरिएको कम्प्युटर सामग्री हस्तान्तरण गरे । नयाँ स्थापना गरिएको प्रयोगशालामा ४२ थान नयाँ कम्प्युटरसहित नयाँ फर्निचर हस्तान्तरण गरिएको छ । यसअघिको प्रयोगशालालाईपुनर्स्थापना गरी प्राथमिक तहमा…