नयाँदिल्ली – भारतले नेपालमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको निर्वाचन र नेपाली नागरिकहरूले आफ्नो लोकतान्त्रिक मताधिकारको प्रयोग गरेको कार्यलाई स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा हामी सम्माननीय प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र अन्य सरोकारवालाहरूलाई बधाई ज्ञापन गर्दछौँ…