राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन भ्रमणमा प्रस्थान

काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि शनिबार प्रस्थान गरेकी छन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गरेकी हुन् । उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इष्टर्न चाईना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे,…