प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान

काठमाडौं - बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिनको समय तोकिएको छ। सरकारले गणेशप्रसाद ढकाललाई थाइल्यान्डका लागि आवासीय र क्याम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। राष्ट्र संघको जेनेभास्थित नेपालको स्थायी नियोगमा मणिप्रसाद भट्टराईलाई…