काठमाण्डु– नेपालको उत्तरी छिमेकी चीनसँग पछिल्लो समय कूटनीतिक सम्बन्ध प्रगाढ हुँदै गएको देखिन्छ । काठमाडौंमा चिनियाँ पक्षको कूटनीतिक र राजनीतिक सक्रियता समेत बाक्लिएको छ । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेताहरूको दैलोदैलोमा पुगिन् । त्यसलाई नेकपाको एकता कायमै राख्न चीनले सदासयता व्यक्त गरेको रूपमा…