काठमाडाैं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंको होटल सोल्टीमा दुई दिनसम्म चलेको सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।…