सभामुख सापकोटा र श्रीलंकाली राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि श्रीलंकाका राजदूत र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । राजदूत हिमाली सुभासिनी अरुनातिलकाले आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेर शिष्टाचार भेट गरेकी हुन् । भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् । भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाबीच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै…