काठमाडौं - अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफ्नो ओहोदाको प्रमाणपत्र अस्ट्रेलियाको गभर्नर जनरल डेभिड हर्लेसमक्ष बुझाएका छन् । यसका लागि क्यानबेरामा रहेको गभर्नर जनरलको कार्यालय ‘गभर्नमेन्ट हाउस’मा विशेष कार्यक्रम राखिएको थियो । ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले गभर्नर जनरललाई पठाएको अभिवादन सुनाएका थिए । प्रमाणपत्र बुझाएपछि गभर्नर जनरल हर्लेसँग राजदूत दाहालले…