हिमाञ्चल – भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको भारतको समाचार एजेन्सी एएनआईले जनाएको छ । पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन…