प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी इडोर्ड फिलिपबीच द्विपक्षीय भेटवार्ता

पेरिस – प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाली वायुसेवामाथि युरोपमा लागेको प्रतिबन्ध हटाउन पहल गरिदिन फ्रान्सेली समकक्षीलाई आग्रह गरे । भेटमा फ्रान्सका प्रधानमन्त्री इडोर्ड…