काठमाडौं – चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेर दरबारमार्गमा भिसा सेन्टर खोलेको छ । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ भएको छ । भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् । अब चीन जानका लागि दरबारमार्गस्थित यही भिसा सेन्टरमा गएर आवेदन दिनुपर्छ । यसअघि नेपालस्थित चिनियाँ दूतावासले हात्तिसारस्थित कार्यालयबाट…