सार्क महासचिव सियालद्वारा समवेदना

काठमाडौँ – दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई आज बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस–बंगला…