काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गरेकि छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ…