मोदीले चार वर्षअघि दिएकाे चन्दन भाेलि पशुपतिनाथमा चढाइने

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएकाे श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ। विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए। पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई…