भेनेजुएलाका राष्ट्रपति पुत्र पुगे नेपालको संसद भवन

काठमाडौं—नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिए। सो प्रतिनिधिमण्डलमा निकोलस अर्नेस्टो मादुरो गुयरा पनि सहभागी थिए। नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको…