प्रधानमन्त्री ओलीसँग बेलायती सांसद प्रतिनिधिको भेट, यस्तो भयो कुराकानी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वको टोलीले भेटघाट गरेको छ। नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताए। उनले सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल…