काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले र चीनका उपराष्ट्रपति वाङ क्वी सानबीच बुधबार भेटवार्ता भएकाे छ। भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको बताए। त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उनकाे भनाइ…