काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका कार्यकारी उपाध्यक्ष चेन योङ्चीबीच भेटवार्ता भएको छ । नेपाल–चीन सीमा व्यापार समन्वय तथा सहकार्य संयन्त्रको दोस्रो बैठकमा सहभागी हुन तिब्बती टोलीको नेतृत्व गर्दै नेपाल आएका योङ्चीले शुक्रबार मन्त्री गुप्तासँग मन्त्रालयमा शिष्टाचार भेट गरे । उपाध्यक्ष योङ्चीको साथमा नेपालका लागि…