काठमाण्डु – नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण गरेका छन् । उनले शनिबार मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए । शनिबारै भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी…