काठमाण्डु– म्यानमारको मेवाडीबाट उद्धार गरिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास बैंकक थाइल्यान्डका अनुसार उद्धार गरेर ४ पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो। उनीहरुलाई यसअघि म्यानमारबाट उद्धार गरेर टाक इमिग्रेसन कार्यालय मेसोट हुँदै थाइल्यान्ड लगिएको थियो। डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्यान्ड तथा गैर सरकारी संस्थाको सहयोगमा नेपाल फर्काइएको थियो।…