काठमाण्डु – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच बिहीबार भेटवार्ता भएको छ । प्रमुख महर्जनको नेतृत्वमा आगामी हप्ता रुसको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको छ । प्रमुख महर्जनले महानगर र रुसको शहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच…