अमेरिका–भेनेजुएला तनाव : संयमता अपनाउन र थप तनाव बढाउने कार्य नगर्न नेपालको आग्रह

काठमाण्डु– नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालले सम्बन्धित सबै पक्षहरूलाई संयमता अपनाउन र तनावलाई थप चर्काउने कुनै पनि कार्य नगर्न आह्वान गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको बोलिभेरियन गणतन्त्रमा हाल देखिएका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको हो । नेपालले विज्ञप्तिमार्फत…