चिनियाँ विज्ञको नजरमा ओलीको चीन भ्रमण : भारतलाई असहमति राख्ने ठाउँ छैन

काठमाण्डु-नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने चिनियाँ विज्ञहरूले बताएका छन् । उनीहरूले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणबाट विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई तिव्रता दिँदै परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र दुई पक्षबीचको समन्वयलाई थप प्रगाढ बनाउने अपेक्षा गरेका छन् । भारतका केही सञ्चारमाध्यमहरूले…