काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल जारी रहेको बताएका छन् । मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठक निरन्तर चलिरहेको जानकारी दिए । उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् । प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय…