काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ६ गते प्रतिनिधि सभाका सांसदहरूले सोधेका प्रश्वको जवाफ दिने भएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गतेलाई ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको जानकारी दिए । प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेकाले समूह–३ मा रहेका सांसदहरूले फागुन २ गते दिनको ३ बजे संघीय सचिवालयका…