काठमाण्डु – बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थप २ दिन हिरासतमा राख्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । गत बिहीबार पक्राउ परेका चौधरीलाई यसअघि ४ दिन हिरासतमा राख्न अनुमति दिइएकोमा थप २ दिन हिरासतमा राखिने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित कारखानाका तत्कालीन सञ्चालक समिति…