संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

काठमाण्डु – राष्ट्रियसभा बैठकमा ‘संघीय निजामती सेवा विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेश भएको छ । मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेश गरेकी हुन् । विधेयक मंगलबार पारित गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।