बादलको सम्बोधनले एमालेमा असन्तुष्टि, सचिवालय बैठक बोलाइयो

काठमाण्डु – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनप्रति पार्टीभित्र असन्तुष्टि व्यक्त भएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा लेख्दै थापाको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा. रामबहादुर थापाले…