कांग्रेस संस्थापन पक्षको पुरानै अडान : विशेष महाधिवेशनको औचित्व छैन

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नभएको पुरानै अडान दोहोर्‍याएको छ । भृकुटीमण्डपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा भेला भएका संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनको औचित्य नभएको निष्कर्ष निकालेका छन् । संस्थापन पक्षका नेताहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री महेन्द्र यादवले…