विशेष महाधिवेशन सत्ता र शक्तिको संघर्ष होइन, सोचको लडाइँ हो : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन् । आईतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको…