अदालतमा ३० लाख बुझाएपछि सम्पत्ति शुद्धीकरणले खाणसँग माग्यो १५ लाख धरौटी

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको फैसलाले ३० लाख धरौटीमा छुटेका खाण थप मुद्दाको सिलसिलामा विभागमा पुर्‍याइएका थिए । विभागमा बयानपछि १५ लाख धरौटी मागिएको छ । खाणले जग्गा धितो राखेर बैंक ग्यारेन्टी पेश…