काठमाण्डु - गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने–‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ । तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ ।…